दफा ३३७
गुठीको लेखा राख्नु पर्ने

(१) गुठी सञ्चालकले गुठी सम्पत्तिको हिसाब स्पष्ट र वास्तविक रूपमा देखिने गरी लेखा राख्नु पर्नेछ र पञ्जिकाधिकारी,गुठी संस्थापक वा हितग्राही पहिचान भएकोमा निजले निरीक्षण गर्न चाहेमा त्यसको विवरण उपलब्ध गराउनु पर्नेछ ।
(२) गुठी सञ्चालकले सार्वजनिक गुठीका सम्बन्धमा प्रत्येक वर्ष मान्यता प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराईलेखापरीक्षण प्रतिवेदनको एक प्रति पञ्जिकाधिकारी समक्ष पेश गर्नु पर्नेछ ।